सुनको मूल्यमा नयाँ कीर्तिमान

नेप्सेमा चार कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

नेप्सेले आज एनएमबी बैङ्कको १२ दशमलव ५० प्रतिशत, नेपाल एसबीआई बैङ्कको तीन दशमलव ५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

यी चार वटै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ आजदेखि बुक क्लोज गरेका छन् । 

एनएमबी बैङ्कको शेयर समायोजन पछिको मूल्य ३३६ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । बैङ्कले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिशत बोनस शेयर र करसहित तीन दशमलव तीन प्रतिशत नगद गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्दै छ । 

त्यसैगरी, नेपाल एसबीआई बैङ्कको बोनस शेयर समायोजन पछिको मूल्य ३४४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । बैङ्कले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई तीन दशमलव ५० प्रतिशत बोनस शेयर र एक दशमलव ८१ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । 

त्यस्तै, छिमेक लघुवित्तको समायोजन पछिको मूल्य नेप्सेले १२ सय ४० रुपैयाँ ०८ पैसा निर्धारण गरेको छ । गत आर्थिक वर्षको नाफाबाट संस्थाले २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित तीन प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्दै छ । 

त्यसैगरी, गणपति लघुवित्तको समायोजन पछिको मूल्य ११ सय ७४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ । कम्पनीले गत वर्षको नाफाबाट कम्पनीले १९ प्रतिशत बोनस र कर प्रयोजनार्थ एक प्रतिशत नगद लाभांश वितरण गर्दै छ । 

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ११ : १० बजे