सुनको मूल्यमा नयाँ कीर्तिमान

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौँ । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको जनाएको छ । बैंकले भोलि अर्थात् असोज ८ गते बुक क्लोज गर्ने भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंगलबार बुकक्लोज गर्ने भएको हो । सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सकिनेछ ।

बैंकले यो वर्षका लागि चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ ।

सोही प्रस्ताव पारित गर्न बैंकले असोज २० गते आइतबार, आम्रपाली ब्यांक्वेटमा काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा बोनस सेयर जारीपश्चात पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश गर्ने,   सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने र  सोही सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्ने बुझिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : ४८ बजे