सुनको मूल्यमा नयाँ कीर्तिमान

नेप्सेमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५९ अङ्कको गिरावट आएको छ । सोमबार नेप्से ५९.०२ अङ्कले घटेर २५२९.३३ विन्दुमा रोकिएको हो ।

आज ३२९ कम्पनीको कारोबार हुँदा एक करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६८३ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज हिमालयन हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी ९.८४ प्रतिशतले बढेको छ । त्यस्तै, आज गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड र इस्टर्न हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज नेपाल फाइनान्सको सबै भन्दा बढी २१ करोड १३ लाख ४२ हजार ७३२ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी ५ लाख कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ३ : १५ बजे