सुनको मूल्यमा नयाँ कीर्तिमान

काभा वुमन्स भलिबल क्लब च्याम्पियन प्रहरीको टिमलाई भव्य स्वागत

काठमाडौँ । मित्रराष्ट्र माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म संचालित काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप प्रतियोगिताको उपाधि जितेको नेपाल प्रहरीको महिला भलिबल टोली स्वदेश फर्किएको छ ।

नेपाल प्रहरीको टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल प्रहरीको महिला भलिबल टोलीले उक्त उपाधि हासिल गरेको थियो । 

प्रतियोगितामा नेपाल प्रहरीको महिला भलिबल टोलीका उषा भण्डारी उत्कृष्ट आउट साइड हिटर तथा सर्वोत्कृष्ट खेलाडी, सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर ट्रायल र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भए । 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १ : २३ बजे