सुनको मूल्यमा नयाँ कीर्तिमान

पाकिस्तानले ३० वर्षमाथिका सबैलाई कोभिडविरुद्ध बुस्टर डोज दिने

इस्लामाबाद । पाकिस्तानमा कोभिडको दोस्रो डोज खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज दिइने भएको छ । 

विभिन्न देशहरूमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेका बेला सरकारले ३० वर्षमाथिका सबै जनालाई बुस्टर डोज दिने भएको हो । 

आगामी १ जनवरीदेखि सो उमेर समूहमाथिका नागरिकलाई निःशुल्क बुस्टर डोज दिन लागिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवाका महानिर्देशक डा. राना सफ्दारले जानकारी दिनुभएको छ  । यसअघि ५० वर्ष उमेर पुगेका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई बुस्टर डोज दिइएको थियो । 

ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढेको भन्दै राष्ट्रिय स्वास्थ्य सेवाले ३० वर्षदेखि माथिका सर्वसाधारणलाई खोप लगाउन अनुरोध गरेको छ । अहिलेसम्म ९५ भन्दा बढी देशका ५८ हजारलाई ओमिक्रोन भेरियन्ट देखिएको छ ।एजेन्सी

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : ५६ बजे