सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । 

यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १९२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ११ : २१ बजे