सुनको मूल्यमा नयाँ कीर्तिमान

तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टसँग जुझ्न अमेरिकाद्वारा ५० करोड परीक्षण कीट खरिद

​​​​​काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको फैलावटसँग जुझ्नका लागि ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउन लागिएको जनाउनुभएको छ ।

मङ्गलवार गरिएको सम्बोधनका क्रममा उहाँले परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने बताउनुभयो।

लकडाउनबारे भने अहिले नै नसोचिएको उहाँले बताउनुभएको छ । “यो सन् २०२०को मार्च महिना होइन” उहाँले भन्नुभयो “हामी तयार छौँ। हामीलाई बढी थाहा छ।”

हाल अमेरिकामा ओमिक्रोन भेरियन्टको दबदबा छ। पुष्टि भएका नयाँ सङ्क्रमितमध्ये झन्डै दुई तिहाइमा नयाँ भेरिअन्ट पाइएको छ। सुरुमा दक्षिण अफ्रिकामा पहिचान भएको ओमिक्रोन भेरियन्ट हाल विश्वव्यापी रूपमा फैलिएको छ। अमेरिकामा ओमिक्रोनका कारण हालसम्म एक जनाको मृत्यु भएको बताइएको छ।

बीबीसीका अनुसार ७३ प्रतिशत वयस्क अमेरिकीहरूले खोपको पूर्ण मात्रा प्राप्त गरिसकेको भए तापनि खोप नलगाएकाहरूबारे प्रशासन चिन्तित छ।राष्ट्रपतिबाइडनलेमङ्गलवारपुनः आफूलाई जोगाउन र खोप लगाउन आग्रह गर्नुभयो।

ओमिक्रोन भेरियन्टले न्युयोर्क र वासिङ्टन सहित कैयौँ अमेरिकी सहरहरूमा चिन्ता बढाएको छ जहाँ परिवार सदस्यहरूसँग भेट्नु अघि सर्वसाधारणहरू परीक्षण गराउनका लागि लामबद्ध भएको देखिएको छ। अमेरिकामा खोप लगाउनका लागि १० हजार नयाँ केन्द्रहरू पनि स्थापना गर्न लागिएको छ जहाँ सैन्य चिकित्सकहरू खटाइने छ।

ह्वाइट हाउसबाट सम्बोधन गर्दैराष्ट्रपतिबाइडनले यो जीवन र मृत्यु बीचको अन्तर हुन सक्ने भन्दै अमेरिकी नागरिकहरूलाई खोप लगाउन आग्रह गर्नुभएको छ।

 

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ७ : ५७ बजे