दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अपडेट : इरानी खानी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

तेहरान । इरानको पूर्वी क्षेत्रमा भएको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको इरानको सरकारी सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।

“ताबास खानीमा भएको विस्फोटमा परी मृत्यु हुने कामदारको सङ्ख्या ५१ पुगेको छ भने घाइतेको सङ्ख्या २० पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले जनाएको छ ।

यसअघि, पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको र २० जनाभन्दा बढीको अवस्था अज्ञात रहेको इरानी अधिकारीले बताएका थिए ।

इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ। खानीमा ग्याँस जमेकाले खोजी कार्य कठिन भएको जनाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ९ : १७ बजे