दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

न्याय सेवा आयोगको बैठक बस्दै, जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले  आज न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ । 

आयोगको आज अपराह्न ३ बजे बस्ने बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ । 

“न्याय सेवा आयोगको आज ३ बजे बैठक बोलाइएको छ”, न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले भन्नुभयो, “जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बस्न लागेको हो ।”

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ७ : ३५ बजे