दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न महासचिव पोखरेलको निर्देशन

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा लगाउन निर्देशन दिएनुभएकाे छ ।

गृहजिल्ला दाङको तुलसीपुरमा आज भएको लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्यसँगको छलफलमा महासचिव पोखरेलले नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निस्क्रिय बन्दा पार्टीलाई घाटा लाग्ने बताउनुभयाे ।

‘नेपाल हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय छन् ।’ पोखरेलले भन्नुभयो, ‘विदेश गएका छोराछोरीमा पार्टी काममा पनि लगाउनुस् ।’ विदेशमा रहेको केही युवा जमातले दलहरूप्रति विषाक्त विचार प्रवाह गरिरहेको भन्दै महासचिव पोखरेलले उनीहरूलाई सही राजनीतिक स्कुलिङ दिन विदेश भएका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताउनुभयो ।

एमालेले ४० वर्ष मुनीका युवालाई लक्षित गरी युवाहरुको शिखर सम्मेलन राख्ने तयारी गरेको जानकारी दिँदै महासचिव पोखरेलले युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरुलाइ जोड्ने गरी प्रभावकारी योजना निर्माण गरिने बताउनुभयो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  २ : ०३ बजे