दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

न्यायाधीश खड्काको तीन वटा नागरिकता फेला, किर्ते गर्ने नै न्यायलय सुद्वताको हडतालमा

काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काको तीन वटा नागरिकता भेटिएको छ ।
खड्का नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई संविधान र विधिभन्दा बाहिर गएर अपदस्थ गर्न परामादेश जारी गर्ने मध्येकी एक न्यायधीश हुन् ।   

न्यायाधीश खड्काले तीन ठाउँमा आफ्नो तीन वटा जन्ममितिको विवरण पेश गरेको पाइएको छ । सर्वोच्च अदालतको अवकाश लम्ब्याउने नियतले खड्काले पटक पटक नागरिकताको मिति संशोधन गरिएको पाइएको हो ।

खड्काले पुनरावेदन अदालतको न्यायाधीश हुँदा एउटा, पुनरावेदनकै मुख्य न्यायाधीश हुँदा अर्को र सर्वोच्च अदालतको न्यायाधीश भएपछि अर्को गरी तीन वटा जन्ममिति प्रयोग गरी नागरिकता बनाएको पाइएको हो  । खड्कले सर्वोच्चमा टिक्नका लागि कायम गरेको नागरिकताले उनले यसमा स्पष्टपमा कीर्ते गरेको पुष्टि हुन्छ । 

खड्काको सर्वोच्च अदालतमा भएको जन्ममिति २०१४ साल जेठ २ गते रहेको छ । पुनरावेदन अदालतमा हुँदा खड्काको जन्ममिति २०१३ माघ २८ रहेको थियो । खड्काले पहिलोपटक २०३२ साल माघ २८ गते नागरिकता प्रमाणपत्र लिएको अभिलेख भेटिएको छ । न्यायाधीश खड्काले २०४४ सालमा दोस्रो पटक नागरिकता लिएको देखिन्छ ।

यसअघि सर्वोच्चकै प्रधानन्यायाधीश गोपाल पराजुलीको पनि नागरिकता कीर्ते गरेको पाइएको थियो । उनको पनि तीन वटा जन्ममिति पाइएको थियो । तीन तीन पटक मिति बदलेर नागरिकता लिने न्यायधीश  खड्का तीनै न्यायाधीश हुन जो केही साता अघिमात्र पनि सर्वोच्च अदालतमा सुद्घताको नाउँमा हड्तालमा उत्रिएकी थिइन् । 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ५ : ४९ बजे