सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

श्रीलङ्कामा फहरायो रातो झण्डा, कम्युनिष्ट राष्ट्रपतिको हातमा देशको ‘ड्राइभिङ सिट’

काठमाडौं । श्रीलङ्कामा शनिबार भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित हुनुभएको छ ।

सन २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेस्रो हुनुभएका अनुराले शनिवार बिहान ७ बजेबाट दिउँसो ४ बजेसम्मको चुनावमा भने ५३ प्रतिशत मत बढाएर देशको बागडोर हाँक्न लाग्नु भएको हो ।

१ करोड ७० लाख योग्य मतदातामा ७५ प्रतिशतले मतदान गरेको भारतीय अखबार टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उम्मेदवार साजिथ प्रेमदशाले समान १९ प्रतिशत मत ल्याएका छन्।

अनुराको आजै शपथ हुने भएको छ । उहाँको दल जनमुक्ति मोर्चा (जेभेपी) नेतृत्वको गठबन्धन सरकार बन्ने भएको छ।
दक्षिण एसियामा यो संगै विस्तारै कम्युनिष्ट प्रभाव बढ्दै गएको छ। भारतमा भने आन्तरिक कारणले पछाडि देखिएको छ ।

यद्यपी कुनै बेला दक्षिण एसियामा कम्युनिष्टहरुले शान्तिपूर्ण प्रतिस्पर्धाबाट देश हाँक्ने संभावना बलियो बनेर गएको बिषय भने कसैले इन्कार गर्न सक्ने अवस्था छैन ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ११ : १७ बजे