बागमती प्रदेशको बेथिति : मन्त्रीलाई बस्ने ठाउँ छैन, ३० वटा गाडी किनिँदै

हेटाैँडा – एउटा भवनमा झ्याल पिछे मन्त्रालयको बोर्ड झुण्डाएर कीर्तिमान बनाएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले १८ करोडको गाडी किन्ने प्रक्रिया अघि बढाएका छन । बागमती प्रदेशका ८ वटा मन्त्रालयलाई फुटाएर मुख्यमन्त्री पाण्डेले १४ वटा मन्त्रालय बनाइसकेका छन् ।

बागमती प्रदेश १२ जना सदस्य रहेकोमा मुख्यमन्त्री पाण्डे मन्त्रिपरिषद्मा अझै पाँच जना सदस्य थप्ने तयारी गरेका छन् ।  बस्न समेत ठाउँ नभएपछी तीन मन्त्री र दुइ राज्यमन्त्रीको नियुक्तिको प्रक्रिया समेत अलमलमा छ । 

अर्थ तथा योजना मन्त्रालयका अनुसार मुख्यमन्त्री पाण्डेले १८ करोड रूपैयाँमा थप ३० वटा सवारी खरिद गर्न लागेका छन् । भौतिक पूर्वाधार मन्त्रालयलाई तत्काल दुईवटा सवारी खरिद गर्न १ करोड २० लाख रुपैयाँ दिनेगरी स्रोत सुनिश्चित गरिएको छ । भागबण्डा मिलाउन अध्ययन र अनुसन्धान बिना नै मन्त्रालय फुटाएपछि कर्मचारी र मन्त्री बस्ने ठाउँको अभाव देखिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ३ : ०२ बजे