एमसीसीको समर्थन गर्ने शंकर शर्मालाई राजदूतबाट फिर्ता बोलाउन माग

काठमाडौं – भारतका लागि प्रस्तावित नेपाली राजदूत शंकर शर्मालाई फिर्ता बोलाउन नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले प्रस्तावित नेपाली राजदूत शर्माले एमसीसीको सर्मथन गरेको भन्दै निजलाई फिर्ता बोलाउन माग गरेका हुन् ।

संसदीय विशेष सुनुवाई समितिले शर्मालाई भारतका लागि नेपाली राजदूतका रुपमा अनुमोदित गरेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : ५४ बजे