सुनको मूल्यमा नयाँ कीर्तिमान

फाइजरको खोप लगाएपछि एक व्यक्तिको मृत्यु

वेलिङटन – न्युजिल्यान्डमा कोभिडविरुद्ध फाइजरको खोप लगाएपछि एक व्यक्तिको मृत्यु भएको छ । खोपपछि उनलाई ह्रदयघात भएको हुन सक्ने अनुमान गरिएको छ ।

२६ वर्षीय रोयी जेम्स नरिनको मृत्यु भएको हो । पहिलो डोज लगाएको दुई साता नबित्दै उनको मृत्यु भएको हो ।

उनलाई खोपपछि ह्रदयघात भएको प्रारम्भिक परीक्षणमा देखिएकाे जनाइएको छ। खोपकै कारण उनको मृत्यु भएको न्युजिल्यान्डको खोप अनुगमन बोर्डले जनाएको छ । खोप लगाएपछि उनी त्रसित देखिएका थिए । 

यसअघि अगस्टमा पनि फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको थियो ।

एजेन्सी

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : ०६ बजे