साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप शुक्रबारदेखि भुटानमा सुरु हुँदैछ । दक्षिण एसियाका ७ देशका युवा टिमले यो प्रतियोगिता खेल्दै छन् ।

आज हुने उद्घाटन खेलमा भारत र बंगलादेश आमनेसामने हुने छन् । उद्घाटन खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । भारत गत संस्करणको उपाधि विजेता टोली हो ।

यसैगरी, नेपालले आफ्नो पहिलो खेलमा शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । साफ यू–१७ का लागि बुधबार भुटान उत्रिएसँगै अभ्यास गरेको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताउनुभएको छ । नेपाली टिमले काठमाडौंमा पनि अभ्यास राम्रो गरेको बताउँदै भुटानको मौसमका कारण पनि नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । टिमका सबै खेलाडी फिट रहेको बताउँदै २३ जनाबाट उत्कृष्ट प्लेयिङ सेट उतार्ने बताउनुभयो ।

सन् २०२२ को साफ यू–१७ मा उपविजेता भएको नेपालको लक्ष्य नै उपाधि रहेको उहाँको भनाई छ ।

नेपाल र पाकिस्तानबीचको खेल शनिबार पौने २ बजे चाङ्लिमिथिाङ रंगशालामा हुनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ९ : ४४ बजे