अध्यक्ष ओली कपिलवस्तुमा, ५ हजार जना एमालेमा प्रवेश गर्दै

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु पुग्नुभएको  छ ।

अध्यक्ष ओलीले मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेकाे सभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेको एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले जानकारी दिनुभएको छ । उहाँ रुपन्देहीको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा बस्नु भएको छ ।

कपिलवस्तुको कार्यक्रमलाई सम्बाेधन गरेपछि उहाँ  काठमाडौं फर्किने बताइएको छ । कपिलवस्तुका राजनीतिज्ञ मंगलप्रसाद गुप्ताको नेतृत्वमा ५  हजारभन्दा बढी एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ । विभिन्न पार्टीका कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने भनेर नाम टिपाइरहेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ९ : ४७ बजे