दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भागबण्डा मिलाउन प्रदेश सरकार फुटाएपछि कर्मचारीको अभाव

काठमाडौं –   विभिन्न पार्टी मिलेर बनेको गठबन्धनको सरकारलाई अहिले भागबण्डा मिलाउन हम्मेहम्मे परेको छ । सबै पार्टीलाई  भागबण्डा पुर्‍याउन अध्ययन र तयारी बिना प्रदेश सरकारहरूले धमाधम मन्त्रालय फुटाएपछि कर्मचारीको अभाव हुन थालेको छ ।

भागबण्डा मिलाउन सबैभन्दा अगाडि बागमती प्रदेश सरकार रहेको छ । बागमती प्रदेशले मन्त्रालय फुटाएर मुख्यमन्त्रीको कार्यालयसहित १४ वटा मन्त्रालय पुर्‍याएको छ भने सबै भन्दा कम  प्रदेश नं. १ र सुदूरपश्चिम प्रदेश सरकार रहेको छ । अहिले देशभर प्रदेश मन्त्रालयको संख्या ६९ पुगेको छ।

भागबण्डा मिलाउन मन्त्रालयहरु फुटाएपछी अहिले प्रदेश सरकारहरूले माग गरे बमोजिम कर्मचारी पठाउन नसकिएको संघीय मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार प्रदेश सरकारहरूले मन्त्रालय फुटाउँदा संघीय मामिला मन्त्रालयमा जानकारी समेत नगराएको बताएका छन् ।

गठबन्धनको सरकारले धमाधम अधिकांस प्रदेश मन्त्रालय फुटाएपछि अहिले सबै मन्त्रालयमा कर्मचारीको अभाव रहेको छ । फुटेका मन्त्रालयहरूमा हालसम्म केन्द्रबाट मन्त्रालयसचिव समेत पठाउन सकेका छैन। 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ८ : १२ बजे