झापा । नेकपा एमालेले झापा जिल्ला इन्चार्जमा अग्नि खरेललाई तोकेको छ । एमालेले झापा इन्चार्जमा स्थायी कमिटी सदस्य, पूर्व महान्यायाधिवक्ता तथा पूर्व मन्त्री खरेललाई तोकेको हो ।
खरेल ओलीका विश्वास पात्र हुन् । नेकपा एमाले झापाका नेताहरूले ओलीले आफ्नो प्रभाव बलियो बनाउन झापा इन्चार्जको जिम्मेवारी खरेललाई दिइएको बताइएको छ ।
खरेलले लामो समय झापा बाहिर रहेर काम गरे पनि अब झापामै बसेर काम गर्न चाहेको एमाले स्रोतले बताएको छ ।
प्रकाशित मिति : ५ पुस २०७८, सोमबार १० : १९ बजे
प्रतिक्रिया