एमसीसीबारे छलफल गर्ने नेताहरूले किसानले मल नपाउँदा किन छलफल नगरेको ? – डा लोहनी

​​​​​​​काठमाडाैँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले एमसीसीको बारेमा छलफल गर्ने नेताहरूले किसानले रसायनिक मल नपाउँदा किन छलफल नगरेको भन्दै प्रश्न गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत स्ट्याटस लेख्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका डा लोहनीले एससीसीभित्रको ऋण प्रस्तावमा छलफल चलाउने सरकारले किसानले मल नपाउँदा र कर्णालीका जनताले खाद्यान नपाउँदा किन छलफल नगरेको भन्दै प्रश्न गर्नुभएको छ ।

डा लोहनीले भन्नुभएको छ , ‘एम सि सि अन्तर्गत रिण को प्रस्ताब मा सर्बदलिय समिति को बैठक बस्यो र ठुलो छलफल भयो तर लाखौ किसन ले मल पाएका छैनन् र आफ्नो जिबन बारे चिन्तित छन्।अर्कोतिर कर्णालि का जनता खाद्यन्न अभाव ले ग्रसित छन् जनता को नाममा राज गर्ने कुनै पनि ठुला दल किन यसबारे एक सब्द बोल्दैनन। के यहि हो जनबाद या समाजबादी को सासन को मान्यता ?“

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ०६ बजे