‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आइसिसी विश्वकप क्रिकेट लिग-२: नेपाल ओमानसँग एक विकेटले पराजित

काठमाडौं। नेपाल आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा आज बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले एक विकेटको जित हात पारेको हो ।

नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो । ओमानका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर सिंहलाई सन्दिप लामिछानेले आउट गराएका थिए ।

ओमानका अर्का ओपनर कश्यप प्रजापतीले ५२ बलमा ३६ रन जोडे । प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको हातबाट क्याच आउट गराए । त्यस्तै कप्तान अकिब इल्यमसले ३३ बलमा २९ रन बनाउँदै आउट भए । प्रतिक अथाभाले र सोयब खानले समान २६ तथा खलिद कैलले १७ रन जोडे ।

बलिङतर्फ नेपालका लागि गुलसन झाले पाँच विकेट लिए भने करण केसीले दुई तथा आरिफ शेख र सन्दीप लामिछानेले समान ए विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेल र गुलसन झाको अर्धशतकमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान रोहितले ७२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ६० रन जोडे । कप्तान पौडेलले ६४ बलमा आफ्नो दशौं अर्धशतक पूरा गरेका थिए । रोहित महत्वपुर्ण पारी खेलेर ओमानका कप्तान अकिब इल्यासको बलमा आउट भए ।

झाले ३५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५३ रन बनाएका थिए । झाले ३१ बलमा आफ्नो चौथो ओडिआई अर्धशतक पूरा गरेका थिए । महतवपुर्ण रन बनाउदै झा फैयज बटको बलमा आयान खानबाट समातिए ।

एक समय ३१ बनाउदा ३ विकेट गुमाएर संकटमा परेको नेपालका लागि कप्तान रोहित र आरिफ शेख मिलेर चौथो विकेटका लागि ८३ रनको महत्वपुर्ण साझेदारी गरे । आरिफले ८८ बलमा ३५ रन बनाउँदै सकिल अहमदको बलमा कट बिहाइन्ड भए ।

सोमपाल कामी ८ बलमा २० रनमा आउट हुँदा सन्दीप लामिछाने ११ रनमा नट आउट रहे । त्यसअघि ओपनर अर्जुन साउद चौथो ओभरको पहिलो बलमा आउट भएका थिए ।

करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउँदै आउट भएका हुन् । अर्जुन कलिमुल्लाहको बलमा फैयज बटबाट क्याच भएका थिए ।

अर्का ओपनर आसिफ शोयब खानको बलमा ११ औ ओभरको तेस्रो बलमा ११ रन बनाउँदै आउट भए । तेस्रो विकेटका रुपमा भीम फैयज बटको बलमा ११ रन बनाउँदै आउट भएका हुन् ।

ओमानका लागि फैयज बट, अकिब इल्यास र कलिमुल्लाहले समान २ तथा सोयब खान र सकिल अहमदले समान १ विकेट लिए ।

जित पछि ओमान ५ खेलमा ५ अंकका साथ छटौं स्थानमा छ । नेपालको ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । यस त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गते सम्म हुनेछ ।

सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ ।

ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ६ : १८ बजे