दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

पतिको कुटपिटबाट श्रीमतीको मृत्यु

भक्तपुर – सूर्यविनायक नगरपालिका-५ कटुन्जे डेरा गरी बस्ने २५ वर्षीया मन्दिरा राईको उनकै पतिको कुटपिटबाट मृत्यु भएको छ ।

उनकै पति भोजपुर केराबारी घर भएका २८ वर्षीय जीवन राईले मन्दिरालाई आइतबार राति कुटपिट गरी मृत अवस्थामा छोडी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ६ : १५ बजे