‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ओमानविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत ओमानविरुद्धको खेलमा खराब शुरुवात गरेको छ ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दुवै ओपनरलाई गुमाएको छ । नेपालका अर्जुन साउद ५ र आसिफ सेख ११ रन बनाएर आउट भएका छन् ।

अहिले भीम सार्की र कप्तान रोहित पौडेल खेलिरहेका छन् । यो समाचार तयार गरुन्जेल नेपालले १०.३ ओभरमा २ विकेट गुमाएर २२ रन बनाएको छ ।

त्यस्तै ओमानका बलर शोयब खान र खालीमुल्लाहले एक एक विकेट लिएका छन् ।
 

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : ०५ बजे