मीनेन्द्रको राजीनामा स्वीकृत, प्रधानमन्त्तीले लिए रक्षामन्त्रीको जिम्मेवारी 

काठमाडौं । काग्रेंसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजय भोगेसँगै रक्षामन्त्रीबाट राजिनामा दिनुभएका डा. मीनेन्द्र रिजालको राजीनामा स्वीकृत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गर्नुभएको हो ।

राजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्नुभएको छ । पुस १ गते रिजालले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको थियो  । 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ५ : ४६ बजे