‘नेशनल डे कन्सर्ट’ सम्पन्न

दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जथाभावी बोल्ने र अरुको चारित्र हत्या गर्ने भनेर चिनिएका व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल पनि रहेका छन् ।
उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

अब दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो ।

बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको दियो । प्रसाईंसहितका व्यक्तिलाई पक्राउ गर्न भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अदालत समक्ष अनुमति मागेको थियो ।

प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको हो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ५ : २५ बजे