‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गाजा युद्धविराम प्रयासलाई अगाडि बढाउन अमेरिकी विदेशमन्त्री इजिप्ट भ्रमणमा

लेबनानमा भएको ’पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुग्नुभएको छ ।

लगभग एक वर्षअघि गाजामा युद्ध सुरु भएदेखि मध्यपूर्वको आफ्नो १०औँ यात्रामा ब्लिन्केनले इजिप्टका अधिकारीहरूसँग वार्ताको प्रयासलाई सम्बोधन गर्ने अमेरिकी विदेश विभागले जनाएको छ ।

ब्लिन्केनले भेटका क्रममा इजिप्टका नेता अब्देल फताह अल–सिसीसँग भेट्ने र विदेशमन्त्री बद्र अब्देलात्तीसँग पत्रकार सम्मेलन गर्ने अपेक्षा गरिएको छ ।

विदेशमन्त्री ब्लिन्केनको कायरो वार्ताबाट कुनै सफलताको अपेक्षा नगरेको तर इजरायल र हमास बीचको सम्झौताको लागि दबाब अभियान जारी राख्नु भ्रमणको मुख्य उद्देश्य रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

लेबनन सशस्त्र समूह हिज्बुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोटन भएपछि ब्लिन्केनले इजिप्टको भ्रमण गर्नुभएको हो । घटनामा एक बालिकासहित नौ जनाको मृत्यु भएको थियो भने करिब २ हजार ८०० जना घाइते भएका थिए ।

हेजबुल्लाहले इजरायललाई उक्त आक्रमणको दोषी ठहराउँदै बदला लिने चेतावनी दिएको छ ।

मिलरले यस घटनामा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नरहेको र यस घटनाको बारे पूर्वजानकारी नभएको बताउनुभएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ५ : १५ बजे