सुनको मूल्यमा नयाँ कीर्तिमान

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से १७.९३ अंकले घटेर दुई हजार तीन सय ५८ दशमलब ८१ विन्दुमा झरेको हो । त्यस्तै, आज कारोबार रकममा पनि बढ्न सकेको छैन । आज दुई अर्ब ४६ करोड ४६ लाख बराबरको कारोबार सिमित भएको छ ।   

आज बजार दोहोरो अंकले घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा गोर्खाज फाइनान्स र हिमालयन डिष्ट्रिलरी लिमिटेड रहेको छ । आज गोखार्ज फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०१५.३० रुपैयाँ पुगेको छ भने हिमालयन डिष्ट्रिलरी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६२३७ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, आज माउन्टेन इनर्जी नेपालको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको आज १९ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ ।  

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ४ : ४८ बजे