अध्यक्ष ओलीलाई कांग्रेसका सांसदले अभिनन्दन गर्ने

काठमाडौं – कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने घोषणा गर्नुभएको छ ।

आफ्नो पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भोलि ६ गते कपिलवस्तु आउन लाग्नुभएका प्रतिपक्षी दलका नेता ओलीलाई शाहले स्वागत तथा अभिनन्दन गर्नु हुनेछ।

'कपिलवस्तुमा भोलि पूर्वप्रधानमन्त्री केपी ओली आउँदै हुनुहुन्छ । मेरो निर्वाचन क्षेत्र तथा मेरो कर्म भूमि बहादुरगंजमा उहाँको स्वागत तथा अभिनन्दन गर्न चाहन्छु,' शाहले भन्नुभयो ।

 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ४ : २० बजे