‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी, असन्तुष्ट पक्षको मागबारे छलफल हुँदै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । राष्ट्रपतिबाट आज साँझ ९ बजेसम्म प्रधानमन्त्री पदका लागि दुई वा दुईभन्दा बढी राजनीतिक दलको बहुमत रहेको प्रतिनिधिसभाका कुनै पनि सदस्यले दाबी पेश गर्न आव्हान गरिएको थियो । राष्ट्रपतलिे संविधानको धारा ७६ को उपधारा (२) अनुसार संयुक्त सरकार गठनका लागि आव्हान गरिएको हो ।

एमाले स्थायी कमिटी बैठकमा यदि कुनैपनि दलले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दाबी पेश नगरे कुन ढंगबाट अधि बढ्ने भने विषयमा छलफल केन्द्रीत छ । पार्टीका असन्तुष्ट पक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले उठाएका मागको सम्बोधनका बिषयमा पनि छलफल केन्द्रित हुने नेताहरुले बताएका छन् । स्थायी कमिटिको बैठक बस्नु अघि अर्थमन्त्री बिष्णु पौडेलले माधव कुमार नेपालसँग वार्ता गर्नुभएको थियो । विपक्षी गठबन्धनलाई सरकार बनाउन पुग्ने गरी सामूहिक राजीनामा दिने तयारी गरेको नेपाल–खनाल समूहलाई रोक्ने प्रयत्नमा नेताहरु जुटिरहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  १० : १० बजे