अध्यक्ष ओली ८ पुसमा वीरगञ्ज जाने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ८ पुसमा पर्सा जाने हुनु भएको छ ।

पुस ६ गते कपिलबस्तु जान लाग्नु भएका अध्यक्ष ओली पुस ८ गते जगन्नाथपुर, पर्सा जान लाग्नुभएको हो ।

एमाले स्थायी कमिटी सदस्य प्रभु साहका अनुसार ८ गते ओलीले जनसभामा उपस्थिति जनाउनुका साथै विभिन्न पार्टी परित्याग गरी आएकाहरुलाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ४ : ११ बजे