अध्यक्ष ओली कपिलवस्तु जाँदै, एमालेमा ५ हजार जना प्रवेश गर्दै

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदै हुनुहुन्छ ।

अध्यक्ष ओली बहादुरगन्जमा हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आज साँझ ५ः२० बजे काठमाडौंबाट भैरहवा जाने कार्यक्रम रहेको प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिनु भएको हो ।

बहादुरगन्जमा जसपाका लोकप्रिय नेता मंगलप्रसाद गुप्ताको नेतृत्वमा माओवादीबाट निर्वाचित वडाअध्यक्षलगायत ५ हजार जना एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  २ : ४९ बजे