‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विश्वकप लिग–२ क्रिकेट : आज नेपाल र ओमान भिड्दै

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ ।

क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे सुरू हुनेछ । यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल पाँच खेलमा एक जित र चार हारका साथ २ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

ओमान ४ खेलमा १ जित र २ हारका साथ ३ अंकसहित छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ ।

विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा आठ टोलीको सहभागीता छ । नेपालले तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : ४९ बजे