काठमाडौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संविधान संशोधनको उदेश्य संविधानमाथिको विश्वास र स्वीकारोक्ति वृद्वि हुनुपर्नेमा केन्द्रीत हुनुपर्ने बताउनु भएको छ ।
आज नेकपा (एमाले) नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित ‘संविधान कार्यान्वयनको १० वर्षः अनुभव, चुनौति र अबको बाटो’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै महासचिव पोखरेलले संविधानमाथिको विश्वास र आम स्वीकार्यतामा वृद्वि गर्नुपर्ने बताउनु भएको हो ।
संविधान निर्माण हुँदा मुलुकको जे परिस्थिति थियो त्यसलाई सबैले आँकलन र स्मरण राख्नुपर्ने उहाँको भनाइ छ । जे कुरामा राजनीतिक दलहरूका बीचमा सहमति हुन्छ त्यो विषय मात्रै संशोधन हुने उहाँले स्पष्ट पार्नुभयो ।
समावेशितालाई दलहरूले कमजोर बनाउन खोजेका हुन् कि भन्ने विषयमा संघीयता, गणतन्त्रमाथि नै छलफल, बहस गर्ने हिसाबले जान नहुनेमा उहाँले जोड दिनुभयो ।
प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार ९ : ४२ बजे
प्रतिक्रिया