‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपालको सडक सुहाउँदो भएका कारण धनगढीका मेयर गोपी हमालले रोजे स्काईवेलको प्रीमियम यसयुभि इभि  

काठमाडौँ । धनगढीका मेयर गोपी हमालले रोजे स्काईवेलको प्रीमियम यसयुभि इभि रोजेका छन् । मेयर हमालले नाडा अटोशोमा उपलब्ध इभीमा स्काईवेल कै प्रीमियम र लङ्ग रेन्ज रोज्नुको कारण चाहिं नेपालको बाटोमा १९७ यमयम ग्राउन्ड किल्यरेन्स भएको एवम् सबै भन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप त्यो पनि ईभी मै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएकोले रोजेका बताएका छन् । सडक सुहाउँदो मोटर चिनेर खरिद गर्नुभएकोमा जि मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले हार्दिक कृतज्ञता एवम् धन्यवाद व्यक्त गर्नु भएको छ ।

त्यसो त हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका इटि५–६२० किमि प्रीमियम विद्युतीय यसयुभि बिक्री–वितरण भईसकेका छन् भने नाडामा १२६ र त्यस पछिका बुकिङ्ग गरेर १५० भन्दा बढी बुकिङ रहेको छ । ईटि५, बिई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम यसयुभि बिक्रीका लागी उपलब्ध रहेका छन् ।

नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भू–भागमा सहजै यात्रा गर्न सकिने गुण स्काईवेलमा छ । , इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।

स्मरण रहोस् स्काईवेल ६५ भन्दा बढी देशहरूमा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ४ : ४५ बजे