‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एनसेलले ग-यो फाउन्डेसनको घोषणा, पाँच वर्षभित्र २० करोड सामाजिक पहलमा योगदान गर्ने लक्ष्य

काठमाडौँ । सन् २००५ मा यो दिन अर्थात् सेप्टेम्बर १७ बाट एनसेल (साबिक मेरो मोबाइल) ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा शुरु गरेको निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) का परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ । कम्पनीले मंगलबार उक्त घोषणा गर्दै नेपाल र नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औँ वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेको हो ।

कम्पनीले उक्त अवधिसम्ममा १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर) रुपैयाँभन्दा बढीको योगदान गरेको दाबी गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेको बताए । 

कार्यक्रममा कम्पनीले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्‍याउने लगायत सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, र समृद्ध नेपाललाई बढुवा दिने रहेको छ ।

सो अवसरमा कम्पनीले आगामी पाँच वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलहरूमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यसैगरी एनसेल फाउन्डेसनको आरम्भसँगै १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरू कार्यान्वयन गरिने छ । 

प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रूपमा सहयोग प्राप्त गर्नेछन् । गत वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजनाहरू प्रदेश स्तरमा पनि कार्यान्वयनमा छन् ।

सीईओ जाब्बोरले भने, ‘यो यात्रा हाम्रो ग्राहक, साझेदारहरू, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोस बिना सम्भव थिएन । यसै साथ र भरोसालाई आगामी दिनको लागि आत्मसाथ गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोराउन हामी तत्पर रहेको पनि बताएका छन् । 

त्यसैगरी वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले विभिन्न कार्यक्रमहरू जस्तै वृक्षारोपण, शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका विभिन्न कार्यक्रमहरू आयोजना गर्ने बताएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ४ : ३४ बजे