‘नेशनल डे कन्सर्ट’ सम्पन्न

वसन्तपुरमा ‘बालेन टिसर्ट’को वास्तविक  रहस्य 

काठमाडौं । केही समयदेखि राजधानीमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूमा राजनीतिक स्वार्थको घुस पैठ हुन थालेको छ। भदौ १० मा टुँडिखेलमा आयोजित गौरा पर्व मनाउने कार्यक्रममा उपस्थित केहीले होहल्ला गरेका थिए।  उनीहरूले काठमाडौँका मेयर बालेन साहलगायतको पक्षमा नाराबाजी गरेका थिए । काठमाडौं प्रहरीले गृह मन्त्रालयको निर्देशनमा घटनाको भोलिपल्टै सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई पक्राउ  गरेको थियो । पक्राउ परेका जैसी माओवादी कार्यकर्ता रहेको प्रहरीले  अनुसन्धानमा पत्ता लगाएको थियो भने जैसीको फेसबुकको आधारमा जैसीकी श्रीमती राजा समर्थक भएको अनुसन्धानबाट पत्ता लागेको थियो। 

त्यस बेला कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री केपी ओलीले अशान्ति र अराजकता मच्चाउन खोज्ने तत्त्वहरूको अवाञ्छित गतिविधिहरूप्रति सरकार सजग रहेको र कडाइका साथ नियन्त्रण गरिने बताउनुभएको थियो टुँडिखेलमा प्रधानमन्त्री र कांग्रेस सभापतिविरुद्ध नाराबाजी गर्ने प्रति लक्षित गर्दै प्रधानमन्त्रीको भनाई थियो। 

 त्यो कार्यक्रममा धेरै पक्षले काम गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो। विशेष गरी लोकतान्त्रिक गणतन्त्रका  सबै खाले विरोधीहरू विशेष मोर्चा बनाएर आउने गरेको र यस्ता सांस्कृतिक कार्यक्रममा आएर भड्काउन प्रयास गरेको अनुसन्धानबाट पाइएको प्रहरी स्रोतको दाबी छ। 

स्रोतका अनुसार सत्ता च्युत भएको माओवादी,  राजावादी शक्तिले  काठमाडौं महानगर पालिकाका मेयर बालेन साह मार्फत यस्तो सांस्कृतिक कार्यक्रममाथि नेताहरू लोकतन्त्र विरुद्ध भड्काउने प्रयास गरेका छन् । माओवादी र राजावादीको पछि लाग्ने काठमाडौँमा जमात नभएकोले बालेन साहलाई अगाडी सारेर यस्ता घटना  हुने गरेको स्रोतको दाबी छ। प्रहरी स्रोतले सांस्कृतिक कार्यक्रममा यसरी भड्काउने सम्भावना बढी भएको भन्दै सचेत अपनाउन  गोप्य निर्देशन दिएको छ।  

भदौ १० मा जुन शक्तिले खुलामञ्चमा  नाराबाजी ग¥यो मङ्गलवार वसन्तपुरमा त्यही शक्तिले बालेन साहको नामको टिसर्ट लगाएर  सांस्कृतिक कार्यक्रम इन्द्र जात्रामा भड्काउने प्रयास गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। 

मङ्गलवार इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अङ्कित टिसर्ट लगाएर वसन्तपुर क्षेत्रमा झन्डै एक दर्जन जतिले भदौ १० कै गोरा पर्वको काण्ड मच्चाउने त तयारी गरेका थिए। बालेन को नाम लेखेको  टिसर्ट लगाएका यस्ता १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनीहरूलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरूकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त जानकारी दिनुभयो  ।

‘उहाँहरू सँगै केही स्थानीयको विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर प्रहरी परिसरमा राखिएको प्रहरीको दाबी छ । 

जात्रामा सभ्य भएर मनाउनुपर्नेमा कोही–कसैको पक्षमा नाराबाजी हुल–हुज्जत गर्न नहुने भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  २ : ४८ बजे