सुनको मूल्यमा नयाँ कीर्तिमान

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। 

नेप्सेले सोमबार हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को आठ प्रतिशत र साना किसान लघुवित्तको २५ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो। 

समायोजनपछि एचआईडिसीएलको मूल्य २४८ रुपैयाँ ३३ पैसा कायम भएको छ भने साना किसान लघुवित्तको एक हजार १७६ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यलाई आधार मानेर यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो । गत बिहीबार एचआईडीसीएलको सेयर प्रतिकित्ता २६८ रुपैयाँ २० पैसा र साना किसानको एक हजार ४७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १० : ४२ बजे