माओवादी प्रदेश २ को सम्मेलन सकियो, नयाँ नेतृत्व प्रचण्डले घोषणा गर्ने

सर्लाही । सर्लाहीमा दुई दिनसम्म चलेको नेकपा (माओवादी केन्द्र) प्रदेश २ को सम्मेलनले प्रदेश कमिटी नै चयन गर्न सकेको छैन । 

लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २६४ सदस्यीय प्रदेश कमिटी निर्धारण गरे पनि नयाँ नेतृत्व चयन गर्न नसकेको हो । लामो छलफलबाटसमेत नेतृत्व चयनमा सहमति नजुट्दा आइतबार राति बन्द सत्र सकिएको छ ।

माओवादी प्रदेश २ कमिटी संयोजक प्रह्लाद बुढाथोकीका अनुसार जिल्लाका क्रियाशिल सदस्य संख्या, पार्टीबाट निर्वाचित जनप्रतिनिधि संख्याका आधारमा प्रदेश कमिटीको पदाधिकारी कोटा तोकिएको हो । 

माओवादी सर्लाही इन्चार्ज अच्युतम काफ्लेका अनुसार २५ पुसमा कर्जन्हामा हुन लागेको जयगोविन्द साह स्मृति सभाको अवसरमा नयाँ कमिटी चयनका लागि नाम घोषणा गर्ने तयारी छ ।  प्राप्त पदाधिकारीको नाम माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  घोषणा गर्नुहुनेछ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १० : ३५ बजे