‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यस्तो छ सरकारको दुई महिनाको खर्च र आम्दानी 

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को प्रारम्भिक महिनामा खर्च तथा आम्दानीमा सुधार गरेको पाइएको  छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको श्रावण र भाद्र महिनाको तथ्यांकअनुसार दुई महिनाको अवधिमा सरकारले १ खर्ब ६६ अर्ब ३८ करोड रूपैयाँ राजस्व संकलन गरेको छ  । जसमा २१ अर्ब १९ करोड गैर कर राजस्व छ भने १ खर्ब ४५ अर्ब १९ करोड कर राजस्व छ । गत वर्ष भने सोही अवधिसम्ममा सरकारले १ खर्ब ४१ अर्ब रूपैयाँ मात्र राजस्व संकलन गरेको थियो ।

गत आ.व.को सोही अवधिको तुलनामा बजेट खर्च ४.५ प्रतिशतले बढेको छ भने राजस्व १७ प्रतिशतले बढेको छ । उक्त कार्यालयको तथ्यांक अनुसार यो अवधिमा एक रूपैयाँ पनि वैदेशिक अनुदान प्राप्त भएको छैन । तर सरकारले ५२ अर्ब ३२ करोड रुपैयाँको वैदेशिक अनुदान प्राप्ति गर्ने लक्ष्य लिएको छ ।

चालू आवको यो अवधिसम्ममा सरकारले ८२ अर्ब ९८ करोड चालू तथा प्रशासनिक खर्च गरेको छ। गत आवको सोही अवधिसम्ममा भने यस्तो खर्च ८७ अर्ब ६६ करोड थियो । गत वर्षकोभन्दा चालू खर्च ५ अर्ब रुपैयाँ कम हो  ।

चालू आवको दुई महिनामा १४ अर्ब ८९ करोड रूपैयाँ पूँजीगत खर्च भएको छ । गत वर्ष यसै अवधिमा ८ अर्ब रूपैयाँ मात्रै पूँजीगत खर्च भएको थियो । यसले दुई महिनाको अवधिमा पूँजीगत खर्च भने बढेको देखाउँछ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  २ : १० बजे