सुनको मूल्यमा नयाँ कीर्तिमान

म्यानमारको सेनाले फेरि गर्‍यो सर्वसाधारणको नरसंहार

एजेन्सी । म्यानमारको सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् । जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । 

सेनाले गाउँलेहरुलाई नियन्त्रणमा लिएर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधरणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरुलाई एउटा खाडलमा सामूहिक रुपमा पुरिएको थियो । 

विपक्षीहरुको पकड रहको मध्यम्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सामूहिक हत्या गरेको हो । 

यीन गाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेको जनाइएको छ । सेनाले चरम यातना दिएर सर्वसाधरणको हत्या गरेको सेनाको कब्जाबाट भागेर ज्यान बचाउन सफल एक सर्वसाधारणले बताएका छन् । ‘सेनाले सर्वसाधारणलाई बाँधेर यातना दिने गरेका छन् । अधिकांशको यातनाकै क्रममा ज्यान गएको छ,’ उनले भने । 

गत वर्षको फेब्रुवरीमा सेनाले कु गरि सत्ता हातमा लिएपछि सरकार विरोधी प्रदर्शनहरु भइरहेका छन् । कुपछि सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई घरमै नियन्त्रणमा लिएको थियो । बर्माको एक अदालतले सूचीलाई २ वर्ष जेल सजाय सुनाएको छ । 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ४४ बजे