‘एउटै नाउरको सिकार गर्न २३ लाख’

इंग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुल रोकिए

एजेन्सी । उपाधि दाबेदारीमा म्यानचेष्टर सिटीसँगै दौडमा रहेका चेल्सी र लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएका छन् । 

चेल्सी उल्भ्ससँग गोलरहित बराबरीमा रोकियो । उल्भ्सको घरेलु मैदान मोलिनेउक्समा भएको खेलमा चेल्सी अंक बाँड्न बाध्य भएको हो । बल पोसेसनमा पकड बनाएपनि चेल्सी अग्रपंक्तिमा चुकेको थियो । 

राति नै भएको खेलमा १० खेलाडीमा सीमित लिभरपुल टोटनहमसँग रोमाञ्चक बराबरीमा रोकियो । निकै नै प्रतिस्पर्धात्मक खेल २–२ गोल अन्तरमा सकिएको थियो ।

लण्डनमा भएको खेलमा टोटनहमले सुरुआती अग्रता बनायो । टोटनहमका फरवार्ड ह्यारी केन र हङ मिन सनले १–१ गोल गरे । लिभरपुलका लागि डियगो जोटा र आन्द्रे रोबर्टसनले १–१ गोल गरे । 

खेलको १३औँ मिनेटमा केनले गोल गर्दे घरेलु टोलीलाई अग्रता दिलाए । ३५औँ मिनेटमा डिअगोले लिभपुरलाई बराबरीमा ल्याए भने ६९औँ मिनेटमा रोबर्टसनले भ्रमणकारी टोली लिभरपुललाई २(१ को स्थितिमा ल्याए । हार उन्मुख रहेको टोटनहमका लागि सनले ७४औँ मिनेटमा गोल गर्दे २–१ को बराबरीमा ल्याए । 

बराबरीसँग लिभरपुल उपाधि दौडमा ३ अंकले पछि परेको छ । आइतबार राति भएको खेलमा सिटीले घरेलु टोली न्युक्यासललाई ४–० अन्तरले पराजित गर्‍यो । 

जेम्स पार्कमा भ्रमणकारी टोली सिटीलाई जिताउँन रुवेन डियस, जोआओ कनसेलो, रियाद माहरेज र रहीम स्टर्लिङले १–१ गोल गरे । 

जितसँगै सिटीले शीर्षस्थानको उपाधि दौडमा रहेका लिभरपुल र चेल्सीसँग ३ अंकको अग्रता बनाएको छ । १८ खेल सकिँदा सिटीले ४४ अंक बनाएको छ भने लिभरपुल ४१ र चेल्सी ३८ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : २५ बजे