कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा

तुलसीपुर । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजिनामा दिनुभएको छ । आज संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई उहाँले राजीनामा बुझाउनुभएको हो ।

उहाँले विविध कारणले सचेतकको भूमिका निर्वाह गर्न नसक्ने भन्दै राजीनामा दिनुभएको हो । गिरी २९ फागुन २०७९ मा सचेतक नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ९ : १८ बजे