फेरि ५० अर्ब निक्षेप खिच्दै केन्द्रीय बैंक

काठमाडौँ । राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएसँगै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट ५० अर्ब रुपैयाँ निक्षेप तान्न लागेको हो ।

राष्ट्र बैंकले बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । यस बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न पनि सकिने पनि बुझिएको छ । यसकासाथै साँवा तथा ब्याज भुक्तानी भने अगामी असोज २१ गते हुने छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ५ : ४६ बजे