सञ्चय कोष ६३ औँ वर्षमा प्रवेश सञ्चयकर्ताको हितदेखि पूर्वाधार विकाससम्म महत्त्वपूर्ण योगदान गर्दै 

काठमाडौँ ।  वि.सं. १९९१ मा स्थापना भएको कर्मचारी सञ्चय कोष आज स्थापनाको ६३ औँ वर्षमा प्रवेश गर्दै छ ।

नेपालमा सरकारी ढुकुटीबाट तलब खाने कर्मचारीको अवकाशपछिको जीवनलाई सहज पार्न भन्दै स्थापित उक्त संस्था बेलायतले सन् १९२५ (वि.सं. १९८२) मा निबृत्तिभरण ऐन जारी गरेर यस प्रकारको सामाजिक सुरक्षा योजनालाई औपचारिकता दिएको थियो । 

त्यसो त उक्त कोष स्थापनाको १० वर्षपछि वि.सं. २००१ मा काठमाडौँ उपत्यकामा कार्यरत निजामती सेवाका कर्मचारीका लागि ‘निजामती प्रोभिडेन्ड फण्ड’ स्थापना भयो । २००५ देखि यो कोषले देशभरका सबै निजामती कर्मचारीलाई समेट्न थालेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ५ : ४४ बजे