‘नेशनल डे कन्सर्ट’ सम्पन्न

वैज्ञानिक संस्थामा वैज्ञानिक कर्मचारीमाथि नै अन्याय

नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना कालदेखि आर्थिक वर्ष २०५६र५७ सम्म वैज्ञानिक एस( र वरिष्ठ प्राविधिकप्रशासनिक अधिकृत (टी ७ ए(७० तथा वैज्ञानिक (एस()२० र वरिष्ठ प्राविधिक।प्रशासनिक अधिकृत ९टी(८रए(८० को तलबमान समान थियो ।
त्यसपछि फरक पारिएको तलबमानको समस्या समाधान गर्न विगतमा सम्बन्धित समूहले मौखिक रुपमा आवाज उठाउँदै आइरहेकोमा २०७९ फागुन २८ मा कार्यकारी निर्देशक र २०८० वैशाख ३१ मा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का अध्यक्ष तथा तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्रीज्यू समक्ष लिखित आग्रह गरियो । सामूहिक निवेदनपश्चात परिषद्को २०८०। जेठ ४ मा बसेको ६३औँ बैठकमा समेत निर्णयार्थ पेस भई सो सम्बन्धमा अध्ययन गरी कानुनसम्मत रायसहितको प्रतिवेदन पेस गर्न परिषद् व्यवस्थापनलाई निर्देशन दिने निर्णय भएको छ ।
सोही सम्बन्धमा कार्यकारी निर्देशकज्यूको अध्यक्षतामा २०८० वैशाख १७ मा परिषद् केन्द्रीय कार्यालयका निर्देशकज्यूहरु एवं महाशाखा प्रमुखज्यूहरुको उपस्थितिमा परिषद् व्यवस्थापनको बैठकबाट ुनेपाल कृषि अनुसन्धान परिषद्को स्वीकृत दरबन्दीअनुसार वैज्ञानिक एस, वैज्ञानिक एस(१०, बरिष्ठ प्राविधिक अधिकृत टी तथा वरिष्ठ प्राविधिक अधिकृत टी(८० को जेष्ठता तथा तलबमान सम्बन्धमा विभिन्न पक्षले दिएको निवेदन तथा उठान भएका गुनासाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्नका लागि परिषद्का प्रशासन निर्देशकज्यूको संयोजकत्वमा ६ सदस्यीय कमिटी गठन गर्नेु निर्णय भएको छ ।
नेपाल कृषि अनुसन्धान ऐन २०४८ मार्फत नेपाल कृषि अनुसन्धान परिषद् स्थापनापश्चात उल्लिखित उद्देश्य पूर्ति हेतु ऐनको दफा १९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृतिमा कर्मचारी प्रशासन विनियम २०४९ मा बाह्रवटा परिच्छेदमा ९३ विभिन्न विनियम तथा विनियमका केही व्यवस्थामा आवश्यक वाह्रवटा अनुसूचीमार्फत परिषदमा आवश्यक जनशक्ति व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ ।
परिषद्को कामको प्रकृतिअनुसार विभिन्न पद र तह सिर्जना गरी पदको कार्य विवरण तोकिएबमोजिम हुने गरी विशिष्टीकृत अनुसन्धानका लागि विषयगत वैज्ञानिक समूह, विविध प्राविधिक सहकार्य तथा सहयोग हेतु प्राविधिक समूह तथा आर्थिक प्रशासनिक कार्य हेतु लेखारप्रशासन समूह गरी तीनवटा समूहमा विभाजन गरी कार्य सम्पादन गर्दै आएको छ ।
यसै सन्दर्भमा स्थापना कालदेखि आव २०५६र५७ सम्म वैज्ञानिक ९एस(१० र वरिष्ठ प्राविधिक अधिकृत ९टी(७० तथा वैज्ञानिक एस(२० र वरिष्ठ प्राविधिक अधिकृत टी(८० को समान भएको तलबमान त्यसपश्चात फरक पर्न गएकाले सो सम्बन्धी निम्न व्यवस्था रहेको देखिन्छ ।
परिषद्को स्थापनापश्चात २०५२ सालको तलबी प्रतिवेदनमा वैज्ञानिक एस(१० तथा प्राविधिक अधिकृत टीओ(५० को आधारभूत तलबमान समान ३ हजार ८ सय र वैज्ञानिक ९एस(२० र प्राविधिक अधिकृत ९टीओ(६० को आधारभूत तलबमान समान ४ हजार २ सय देखिन्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ४ : ५८ बजे