देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

माओवादीले आज सदन अवरोध नगर्ने, प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिने 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको बैठक अवरोध नगर्ने भएको छ ।

आज बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बैठक अवरोध नगर्ने बताएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफुहरु ‘हिंसा’  शब्द हटाउनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले विदेश जाने विषयमा संसदमा सम्बोधन गर्न बाधा नगर्ने बताउनुभएको हो । उहाँले आफुहरु सभामुखको विरोधमा नरहेको बताउँदै आफ्ना कुरा राखेर संसद अवरोध नगर्ने स्पष्ट गर्नुभएको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १ : ०२ बजे