कुन बैंकले घटाउँदै छन् असोजमा ब्याजदर ? कुन बैंकको कति ?

काठमाडौँ । ग्लोबल आईएमई बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर सार्वजनिक गरेको छ । 

बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । त्यस्तै, साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ भने ग्लोबल रेमिट बचत खातामा भने ४.५ प्रतिशत ब्याज दिने भएको छ ।

त्यसैगरी एनआईसी एशिया बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले असोजका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत बनाएको छ । 

यसैबीच एभरेष्ट बैंक पनि असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याजदर तोकेको छ । 

 त्यस्तै, नेपाल एसबीआई बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले यसअघि भदौमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज दिएको थियो । 

त्यसैगरी नेपाल बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर बढाएको हो । बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.९५ प्रतिशत, संस्थागततर्फ ४.९५ प्रतिशत अधिकतम र रेमिट्यान्सतर्फ ६.९५ प्रतिशत ब्याजदर तोकेको छ । 

त्यस्तै, कृषि विकास बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६.०७२२ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याज दिनेछ । बैंकले यसअघि भदौमा व्यक्तिगततर्फ ६.६५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याज दिएको थियो । 

त्यसैगरी सानिमा बैंकले असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.२० प्रतिशत र संस्थागततर्फ ४.९० प्रतिशत ब्याजदर तोकेको थियो । 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १२ : ०८ बजे