‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सुदूरपश्चिम सरकारले आज सदनमा बजेट प्रस्तुत गर्ने

धनगढी। चालु आर्थिक वर्षको दुई महिना बजेटबिनै गुजारा चलाएको सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा संशोधित बजेट प्रस्तुत गर्ने भएको छ ।

तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटलाई संशोधन गरेर प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि नयाँ बजेट ल्याउन लागेको हो । तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ३१ अर्ब ३२ करोड ९८ लाख रुपियाँको बजेट सदनमा प्रस्तुत गरेको थियो । तर, मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका कारण सो बजेट प्रदेश सभाबाट पास हुन सकेन ।

तत्कालीन सरकारले प्रस्तुत गरेको बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश सरकार अहिलेसम्म बजेटविहीन छ । प्रदेश सरकारले चाँडै बजेट ल्याउने भने पनि विविध कारणवश ढिलाइ हुन गएको स्वीकार्दै मुख्यमन्त्री कमलबहादुर शाहले आज बजेट प्रस्तुत हुने केही दिन अगाडि पत्रकार सम्मेलन गरेर जानकारी गराउनु भएको थियो ।

अघिल्लो सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटको प्राथमिकता सदनबाट पास भएकाले त्यसैको आधारमा रहेर सामान्य पुनरावलोकन गरी बजेट प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी छ । बजेट सार्वजनिक गर्नका लागि आज दिनको ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । आज बस्ने प्रदेश सभामा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बजेट प्रस्तुत गर्नु हुने छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १० : ३८ बजे