‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बुद्ध एयरको जहाजमा समस्या देखियो

काठमाडौं । काठमाडौंबाट भरतपुर उड्ने लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । बिहान भरतपुर उड्ने तयारीमा रहेको जहाजमा प्राविधिक समस्या देखिएको हो ।

समस्या भएपछि ट्याक्सी वे’मै रोकिएको जहाजबाट यात्रुहरुलाई ओरालिएको छ । त्यसले गर्दा अन्य उडानहरु पनि प्रभावित भएका छन् ।

बिहान ७ः२० बजे भरतपुर जान लागेको जहाज ट्याक्सी वे मा पुगेको थियो । त्यहाँ ‘ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर जगन्नाथ निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ९ : १३ बजे