‘बेबिन्का’ चीनतर्फ मोडिँदै गर्दा जापानी टापुमा पहिरोको चेतावनी

टोकियो । एक शक्तिशाली आँधी ‘बेबिन्का’ चीनको पूर्वी समुद्री किनारतर्फ लागेको छ भने यसका कारण दक्षिणी जापानको टापुका बासिन्दालाई आइतबार सम्भावित पहिरोको चेतावनी जारी गरिएको छ ।

चक्रवात ‘बेबिन्का’ आइतबार राति जापानको अमामी टापु हुँदै १९८ किलोमिटर प्रति घण्टाको गतिमा बगिरहेको जापानको मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ ।
“अमामी क्षेत्रमा हाल भारी वर्षाका कारण पहिरोको खतरा बढेको छ,” जेएमएले भन्यो ।

उक्त आँधी सोमबार बिहान साङ्घाई नजिकै अवतरण हुने पूर्वानुमान गरिएको छ ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले जापान र अन्य ठाउँमा भारी वर्षाको जोखिम बढाइरहेको छ । गत महिना, एक शक्तिशाली आँधीले जापानभरी निम्त्याएको भारी वर्षाका कारण सडक दुर्घटना हुँदा कम्तिमा छ जनाको मृत्यु भएको थियो ।

सन् २०२१ मा भारी वर्षाका कारण जापानी सहर अटामीमा गएको विनाशकारी पहिरोमा परी २७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ५ : २३ बजे